लुम्बिनी हाप्कीडो च्याम्पियनसिप चैतमा


प्रदेश नं ५ मार्सल आर्ट्स हाप्कीडो एसोसिएसनको आयोजना तथा नेपाल मार्सल आर्ट्स हाप्कीडो एसोसिएसनको तत्वावधानमा बुटवलमा लुम्बिनी खुला राष्ट्रिय हाप्कीडोे च्याम्पियनसिपको आयोजना हुने भएको छ । प्रतियोगितामा देशभरिका खेलाडीको सहभागिता रहने छ । चैत २४, २५ र २६ मा हुने प्रतियोगितामा महिला र पुरुष तर्फ २५, ३०, ३५, ४०, ४५, ५०, ५५, ६०, ६५ र ७० किलोका स्पर्धा हुने छ । प्रतियोगिताको अनुमानित लागत ४०लाख रुपैयाँ रहेको छ ।
नेपालमा विगत केही वर्ष देखि सक्रिय रहेको हाप्कीडोको यो दोस्रो बृहद र भव्य प्रतियोगिता हो । यसै वर्ष रोल्पामा प्रथम हाप्कीडो राष्ट्रिय च्याम्पियनसिपको आयोजना भएको थियो । नेपालमा हाप्कीडोको विकास क्रममा यो एउटा महत्त्वपूर्ण कोशेढुंगा साबित हुने अपेक्षा गरिएको छ । विगत वर्षमा खेलको संस्थागत संरचना र दक्ष प्राविधिक उत्पादनमा सक्रिय रहेको यो सङ्घ अहिले प्रतियोगिता आयोजनामा पनि फड्को मारिरहेको छ ।
यसै परिप्रेक्ष्यमा आयोजना हुन लागेको यो प्रतियोगिताले अन्य प्रदेशलाई प्रतियोगिता आयोजनामा उत्साहित बनाउने छ । साथै नेपालमा हाप्कीडो मार्सल आर्ट्सले थप उचाइ प्राप्त गर्ने अनुमान गरिएको छ ।

Comment