अक्षराको विद्यार्थीको हौसला बढाउँदै तेक्वान्दोकी पूर्व एसियाली च्याम्पियन संगीना


अक्षरा स्कुलको स्पोर्ट्स मिट शुक्रवार सम्पन्न भयो । नेपाल आर्मीको खेल परिसर सातदोबाटोमा भएका प्रतियोगिताका विजेताहरूलाई विद्यालयकै हातामा भएको समापन समारोहमा पुरस्कृत गरियो । विजेतालाई प्रमुख अतिथि तेक्वान्दो स्टार संगीना वैद्यले पुरस्कार प्रदान गरिन् । सोही अवसरमा प्रमुख अतिथि वैद्यलाई अक्षरा स्कुलकी प्रिन्सिपल अन्जु भट्टराईले मायाको चिनो प्रदान गरिन् ।

ओलम्पियन समेत रहेकी अफीसीयल एसियाली च्याम्पियनसिप हुने नेपाली संगीना वैद्यलाई आफ्नो हातामा पाउँदा विद्यालयको साखमा समेत वृद्धि भएको धारणा प्रिन्सिपल भट्टराईको छ । साथै भट्टराईले वैद्यको उपस्थितिले विद्यार्थीमा खेलकुदमा सक्रिय रहने प्रेरणा मिलेको प्रतिक्रिया दिएकी छिन् । स्मरणीय छ, दुई दशक भन्दा अघि नै तेक्वान्दोमा एसियाली च्याम्पियन बनेर संगीनाले आफूलाई नेपाली खेलकुदको शीर्ष खेलाडीको रूपमा स्थापित गरेकी थिइन् ।
मिटमा रुवी हाउस पहिलो, युरो नाइट हाउस दोस्रो तथा इमरल्ड हाउस तेस्रो भए । पुरुष तर्फ आदित्य सुबेदी र महिला तर्फ प्रेरणा अतुवाल विद्यालयको “ प्लेयर अफ द इयर “अवार्डबाट पुरस्कृत भए ।

Comment