तारकेश्वरमा साग पदक विजेताको सम्मान

तारकेश्वर नगरपालिकाको नगर सभाले गत दक्षिण एसियाली खेलकुदका पदक विजेता खेलाडीलाई सम्मान गरेको छ । सम्मानित हुनेमा साइक्लिङकी स्वर्ण पदक विजेता निस्सा श्रेष्ठ तथा कराँतेकी अनु अधिकारी र सुनिता महर्जन रहे । यी तीनैले २५ हजार रुपैयाँ पाए । यसै गरी, फेन्सिङ रजत विजेता कमला श्रेष्ठ,उसुकी रजत पदक विजेता मिना गल्यान र उसुकै रजत पदक विजेता विश्व बुढा मगरले २० हजार रुपैयाँ पाए ।

Comment