सेन्चुरी बैङ्कद्वारा केदारेश्वर धामलाई सहयोग

सेन्चुरी कमर्सियल बैङ्कको बाँसगढी शाखाले बैङ्कको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत केदारेश्वर धामलाई यस धाममा भ्रमणको लागी पाल्ने भक्तजनको लागी सफा पानी उपलब्ध गराउनको निम्ति एक थान एक हजार लिटरको पानी ट्याङ्की साथै यस धामको नियमित सरसफाइको लागी यस धाममा पाल्नुहुने भक्तजनबाट सहयोग स्वरूप रू बिसका पाँच हजार थान टिकट हस्तान्तरण गरेको छ । पानी ट्याङ्की र टिकट बैकका बाँसगढी शाखाका शाखा प्रबन्धक प्रदीप खरेलले केदारेश्वर धामका सञ्चालक समितिका अध्यक्ष कृष्ण प्रसाद बास्तोलालाई हस्तान्तरण गरिएको छ ।
केदारेश्वर धाम मध्यपश्चिम विकास क्षेत्रको बर्दिया जिल्ला बाँसगढीमा रहेको र यो मध्यपश्चिम विकास क्षेत्रकै ठुलो शिबलिङ्ग हुनुका साथै नेपाल सरकारको सय पर्यटकीय गन्तव्यमा पर्न सफल धाम हो ।

बैङ्कले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण तथा अन्य क्षेत्रमा थुप्रै कार्यक्रमहरू गर्दै आएको छ ।

Comment