अशोक मेक्सिको जाने


मेक्सिको मा फेब्रुअरी ६ देखि ९ तारिख सम्म पुयर्ट्रो भालाट्रा सहरमा आयोजना हुने ¥याङकिङ गेम मेक्सिको ओपन जी वान अन्तर्राष्ट्रिय ग्यारोगी, पुम्से र पारा विधा को प्रतियोगिता को लागि निर्णायक को भूमिका निर्वाह गर्नको लागि अशोक खड्का मङ्गलवार मेक्सिको प्रस्थान गर्दैछन ।
अशोकलाई नेपाल तेक्वान्दो सघका उपाध्यक्ष भानबहादुर चन्द ले एक कार्यक्रमका बिच नेपाल तेक्वान्दो सङ्घ को केन्द्रीय कार्यालय सातदोबाटोमा बिदाइ गरेका थिए। अशोक तेक्वान्दोका ग्यारोगी, पुम्से र पारा तीन विधाका नेपालका एक मात्र अन्तर्राष्ट्रिय निर्णायक हुन्।

Comment