सङ्गीतालाई काव्यको सम्मान

१३औं दक्षिण एसियाली खेलकुद ९साग० की स्वर्ण विजेता सङ्गीता बस्याललाई काव्य स्कुलले आइतबार सम्मान गरेको छ ।
काव्य स्कुलको १० औँ स्पोर्ट्स मिटका अवसरमा तेक्वान्दोको महिला ६२ केजी तौल समूहमा स्वर्ण विजेता सङ्गीतालाई नगदसहित सम्मान गरिएको हो । सङ्गीताले सागमा भारतकी गगनजोत गिललाई पराजित गर्दै स्वर्ण जितेकी थिइन् ।
उनलाई काव्य स्कुलका प्रिन्सिपल नवराज बास्कोटा, निर्देशक रिजन खड्का, स्पोर्ट्स इन्चार्ज प्रज्वल प्रताप क्षत्री लगायतले सम्मान गरे । कार्यक्रममा प्रिन्सिपल बास्कोटाले स्वर्ण पदक जित्दै राष्ट्रको नाम उँचो बनाएकोमा सङ्गीतालाई बधाई दिएका थिए ।
स्पोर्ट्स मिट अन्तर्गत तेक्वान्दोमा १३ तौल समूहमा प्रतिस्पर्धा भएको थियो । जसमा छात्रामा सेफिना कुटु र छात्रमा आर्यन राजभण्डारी उत्कृष्ट खेलाडी बनेको तेक्वान्दो प्रशिक्षक रामकृष्ण श्रेष्ठले जनकारी दिए ।

Comment