पदक विजेता सम्मानित

नेपाल खेलाडी तथा प्रशिक्षक सङ्घले अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा पदक जित्न सफल खेलाडीसहितको टोलीलाई शुक्रवार सम्मान गरेको छ ।
भारतको मइसोरमा जनवरी १८ र १९ तारिखमा भएको प्रतियोगितामा नेपालले २४ स्वर्ण र ४ रजत जितेको थियो । प्रदेश सांसद दीपेन्द्र श्रेष्ठ, काठमाडौँ महानगरपालिका वडा नं। ११ का अध्यक्ष हिरालाल तण्डुकार, खेलाडी तथा प्रशिक्षक सङ्घका अध्यक्ष महेश महर्जन, नेपाल विलियर्ड, स्नुकर तथा पुल सङ्घका अध्यक्ष सरोजकुमार मुल्मी लगायतले टोलीलाई सम्मान गरे ।

Comment