बाल प्रेमीको वार्षिक समारोहमा कराँते प्रतियोगिता

बाल प्रेमी खेलकुद मण्डलले आफ्नो ३९ औ वार्षिक समारोहमा नान्बुकाई कराँतेको प्रथम राष्ट्रिय च्याम्पियनसिप आयोजना गरेको छ । प्रतियोगितामा चार जिल्लाका आड डोजोको सहभागिता रहेको थियो । २६ स्पर्धामा १ सय ५० भन्दा बढी खेलाडीको सहभागिता रहेको थियो । प्रतियोगितामा महारञ्जगञ्ज डोजो पहिलो ,कञ्चनपुर जिल्ला दोस्रो तथा आयोजक टोलीको रूपमा रहेका भ्याली हेड डोजो तेस्रो भए । प्रतियोगितामा पुरुष तर्फ आयोजक टोलीका कृष्ण खत्री र महिला तर्फ महारञ्जगञ्ज डोजोका ग्याल्मो सोमिका तामाङ उत्कृष्ट खेलाडी चयन भए ।
सास्कृतीक अभियानमा समेत संलग्न रहेको यो मण्डलले टोखाका स्थानीय सांस्कृतिक झाँकी प्रदर्शन गर्ने काम भएको थियो । यो अभियान सम्पन्न गर्ने क्रममा मण्डलका अध्यक्ष रमेश डङ्गोल, हेड डोजो अध्यक्ष तथा नान्बुकाइ करातेका केन्द्रीय उपाध्यक्ष बाबु लाल डङ्गोलको भूमिका महत्त्वपूर्ण रहेको थियो । मण्डलका अध्यक्ष रमेशले सांस्कृतिक समारोहका सरिक २३ संस्थालाई प्रोत्साहन तथा सम्मान गर्ने काम गरेका थिए । प्रतियोगिताको दौरान नान्बुकाइका सहायक मुख्य प्रशिक्षक लक्ष्मण डङ्गोल पनि उत्तिकै सक्रिय रहेका थिए । रमेश नान्बुकाइ कराँते सङ्घका सचिव समेत हुन् । प्रतियोगिताको उद्घाटन टोखा नगरपालिकाका उपमेयर ज्ञान माया डङ्गोलले गरेकी थिइन् तथा समापन समारोहमा उप प्रधानमन्त्री ईश्वर पोख्रेल थिए ।

Comment