हिसान खेलकुद आइतबारदेखि

mastes sports
राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गतको विद्यालय खेलकुदविकास बोर्ड र उच्च माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को संयुक्त आयोजनामा दोश्रो उच्चमाध्यमिक विद्यालयस्तरीय खेलकुद प्रतियोगिता आइतबारदेखि हुने भएको छ । प्रतियोगितामा बास्केटबल, टेबलटेनिस, बुद्धिचाल र क्रिकेट गरी चार खेलमा प्रतिस्पर्धा हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक रमेश सिलवालले जानकारी गराए । क्रिकेटमा पुरुषतर्फ मात्र प्रतिस्पर्धा हुनेछ भने बाँकी खेल पुरुष÷र महिलाको हुनेछ ।
‘पहिले भित्रता अनि प्रतिस्पर्धा’ भन्ने नारासाथ हुन लागेको प्रतियोगिता अन्तर्गत बास्केटबल विभिन्न विद्यालय र त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहल, टेबलटेनिस लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, बुद्धिचाल बत्तिसपुतलीस्थित गोल्डेनगेट इन्टरनेसनलकलेज तथा क्रिकेट भक्तपुर, पुल्चोक र कीर्तिपुरमा खेलाइनेछ ।
बास्केटबलमा ३४, टेबलटेनिसमा ४०, बुद्धिचालमा ३० तथा क्रिकेटमा २४ टिमले भागलिने बताइएको छ । मोफसलबाट २३ कलेजको सहभागिता रहनेछ । फागुन १५ गतेसम्मचल्ने प्रतियोगिता सञ्चालनगर्न करिब ३५ लाख खर्च हुने अनुमान गरिएको छ ।

Comment