काठमाडौँ बक्सिङमा विवाद

नेपाल बक्सिङ सङ्घले काठमाडौँ जिल्ला अधिवेशन भएको जानकारी दिएकै दिन यस अघि कै कार्यकालमा निर्वाचित दिनक लाल श्रेष्ठले सो अधिवेशन अवैधानिक भएको दाबी सहित प्रेस विज्ञप्ति जारी गरेका छन् । श्रेष्ठले जारी गरेको विज्ञप्तिमा २५ साउनमा हुन लागेको जिल्ला अधिवेशन केन्द्रले स्थगन गरेको तथा ३२ साउनमा तयारी गरिएको अधिवेशन पनि केन्द्रीय सङ्घले निर्वाचन गर्न नदिएको आरोप लगाइएको छ ।
जारी विज्ञप्तिमा ३ माघमा भएको अधिवेशन अवैधानिक भएको दाबी गरिएको छ । काठमाडौँ जिल्ला खेलकुद विकास समितिका प्रमुख धन अर्जुन राई बिदामा बसेको र कसैलाई कार्यभार नदिइएको तथा राष्ट्रिय खेलकुद परिषद्ले निर्वाचन रोक्न निर्देशन दिइसकेको विज्ञप्तिमा उल्लेख छ ।

Comment