चन्दुलाई स्वर्ण


मुलपानीकी चन्दु शाहीले दोस्रो एभरेस्ट राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिताको महिला पुम्से १८ वर्षमाथि कालो पेटीमा शुक्रवार स्वर्ण जितेकी छन् । चन्दुले न्यु जेनकी रुनविना घलेलाई पछि पारिन् ।
पुम्सेकै महिला १० वर्षमुनि रातो पेटीमा न्यु जेनकी एरो लि, महिला १८ वर्षमुनि रातो पेटीमा माइती नेपालकी सुस्मिता केसी र महिला १५ वर्षमुनि हरियो पेटीमा लैनचौरकी स्यारोन गुरुङ तथा पुरुष १८ वर्षमुनि कालो पेटीमा नेपाल आर्मीका रोशन श्रेष्ठ पहिलो भए ।
ग्योरोगीतर्फ महिला ३२ केजीमुनि प्रसिद्धकी प्रजोला लामा, ३८ केजीमुनि द गोर्खाजकी रोशिन ओझा, ३४ केजीमुनि मुलपानीकी प्रगति कुइँकेल, ३० केजीमुनि गोर्खाजकी सुनिता गोले, ४० केजीमुनि सुर्खेतकी काजल विक, ३६ केजीमुनि बाराकी सम्झना पाख्रिन, २० केजीमुनि इसीडिसीकी मनमाया तामाङ, ४४ केजीमुनि युनाइटेडकी स्वस्तिका महर्जन र ४२ केजीमुनि युनाइटेडकै सुप्रिमा बजगाईँले पहिलो स्थान हात पारे ।
त्यस्तै पुरुष ३६ केजीमुनि उदयपुरका सोहन कार्की, ४० केजीमुनि समूह ‘ए’ मा ढल्कुका विशाल मोक्तान र समूह ‘बी’ मा मैत्रीका सागर घिमिरे, ३४ केजीमुनि धनगढीका निशान नाथ तथा ४२ केजीमुनि मैत्रीका कृष्ण विक शीर्ष स्थानमा रहे ।

Comment