हाप्कीडो सेमिनारको तयारी तीव्र रूपमा

नेपाल मार्सल आर्ट्स हाप्कीडो सङ्घको आयोजना तथा गण्डकी प्रदेश हाप्कीडो सङ्घ र कास्की मार्सल आर्ट्स हाप्कीडो सङ्घको सहयोगमा सञ्चालन हुने प्रथम अन्तर्राष्ट्रिय मार्सल आर्ट हाप्कीडो सेमिनारको तयारी तीव्र रूपमा भइरहेको छ । आयोजक सङ्घका प्रमुख काली बहादुर घर्ती मगरले दिएको जानकारी अनुसार जनवरी २५ र २६ मा सेमिनार आयोजना हुने छ ।
सेमिनारमा प्रशिक्षण दिनका लागि अमेरिकी ग्रान्डमास्टर वि क्वानली,अस्ट्रियाका ग्रान्डमास्टर गेरार्ड असरिन्ज, रुसका ग्रान्डमास्टर डेक्सीड मोक्साइ र मेक्सिकोका ग्रान्डमास्टर अपरन गार्सीया नेपाल आउने छन् । यसै गरी, हेड मास्टर इरानका जफरन नवाफी र वरिष्ठ मास्टर नेपालकै काली बहादुर घर्ती मगरले प्रशिक्षण दिने छन् । सेमिनार पोखरा रङ्गशालाको कभर्ड हलमा आयोजना हुने छ । सेमिनारको उद्घाटन गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले गर्ने छन् । कार्यक्रमले भिजिट नेपाल २०२० लाई पनि सहयोग गर्ने विश्वास आयोजकले लिएको छ ।
स्थापनाको छोटो समयमै सक्रिय रहेको यो एसोसिएसनले यसै वर्ष हाप्कीडोको राष्ट्रिय च्याम्पियनसिपको आयोजना गरिसकेको छ । साथै विदेशी भूमिमा समेत महत्त्वपूर्ण सफलता हात पारेको छ ।

Comment