प्रथम नान्बुकाइ च्याम्पियनसिप शुक्रवार देखि

प्रथम राष्ट्रिय नान्बुकाइ कराँते च्याम्पियनसिप २०२० काठमाडौँमा शुक्रवार सुरु हुँदै छ । दुई दिने प्रतियोगिता शनिवार सम्पन्न हुने छ । प्रतियोगितामा कुल १३४ स्पर्धा समावेश गरिएको छ ।उप प्रधानमन्त्री ईश्वर पोख्रेल प्रमुख अतिथि रहेको सो प्रतियोगिताको कुल लागत ६ लाख ९२ हजार रुपैयाँ रहेको छ । प्रतियोगिताको दौरान स्थानीय टोखाको परम्परागत संस्कृति झल्कने विभिन्न खाले प्रस्तुति प्रस्तुत गरिने छ ।

Comment