बास्केटबलको ओलम्पिक सोलिडेरिटीकोर्स सुरु

tendi bas
नेपाल बास्केटबल संघको आयोजनामाआईओसी ओलम्पिक सोलिडेरिटीकोर्स फर बास्केटबल कोचेज शुक्रबारदेखि सुरु भएको छ ।
कोर्समा ३६ पुरुष र ४ महिला गरी ४० जना सहभागीछन् । उनीहरुलाई फिबाएक्सपर्ट एवं बास्केटबल प्रशिक्षक भेसलिनम्याटिकले प्रशिक्षण दिनेछन् । म्याटिकलाई बास्केटबल मुख्य प्रशिक्षक दिनेश नकर्मीले सहयोग गर्नेछन् ।विगतमा युरोपका विभिन्न क्लबमा प्रशिक्षण दिइसकेका म्याटिक युगोस्लोभिया विश्वच्याम्पियनबन्दा उक्त टोलीका सहायक प्रशिक्षकथिए । सन् २००९ देखि २०१२ सम्म सर्बियाका म्याटिक इरानको राष्ट्रिय टोलीका प्रशिक्षक थिए ।
कोर्स फेब्रुअरी २० तरिखसम्म चल्नेछ । त्यस अवधिमा उनले राष्ट्रिय टोलीलाई पनि प्रशिक्षण दिने मुख्य प्रशिक्षक नकर्मीले जनाएका छन् ।

Comment