प्रिस्कालाई स्वर्ण


द गोर्खाजकी प्रिस्का मगरले दोस्रो एभरेस्ट राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिताको महिला क्याडेट १२–१४ वर्षको १८ केजीमुनि बिहीबार स्वर्ण जितेकी छन् । फाइनलमा प्रिस्काले इसीडिसीकी पुष्पाञ्जली बस्नेतलाई पराजित गरिन् ।
यु–१२ महिला पुम्सेको हरियो पेटीमा खोटाङकी आशिका तामाङ, रातो पेटीमा चितवनकी आँचल बजगाईँ र कालो पेटीमा कोटेश्वरकी सन्ध्या लामाले शीर्ष स्थान हात पारे ।
अमेरिकामा मुख्यालय रहेको एभरेस्ट वल्र्ड क्लास तेक्वान्दोको नेपाल शाखाद्वारा आयोजित प्रतियोगिताको महिला २४ केजीमुनि बुटवलकी अनुष्का तामाङ तथा २२ केजीमुनि ढल्कुकी याञ्चेन लामा पहिलो भए ।
सातदोबाटो स्थित तेक्वान्दो एकेडेमी हलमा भएको पुरुष २४ केजीमुनि निजगढका प्रशान्त कुँवर, २६ केजीमुनि लैनचौरका सुगम भुजेल, २८ केजीमुनि युनाइटेडका निशान्त श्रेष्ठ, २० केजीमुनि दिलीप स्मृतिका तनिश बस्नेत र १८ केजीमुनि गोदावरीका सफल महर्जनले पहिलो स्थान हात पारे ।
यु–१२ पुरुष पुम्सेको हरियो पेटीमा लैनचौरका अनीश लामा, रातो पेटीमा कोटेश्वरका यज्ञ राई, कालो पेटीमा गोदावरीका श्रृजल श्रेष्ठ र हरियो पेटीमा सीतापाइलाका आयुश सुयाल पहिलो बने ।
प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार ९विश्वकर्मा० ले एक कार्यक्रमबिच उद्घाटन गरे । प्रतियोगिता शनिवार सम्पन्न हुने छ ।

Comment