तेक्वान्दो कर्मी एक हुन आवश्यक ः अध्यक्ष पुरी


नेपाल तेक्वान्दो सङ्घ प्रदेश नं ३ का अध्यक्ष केशव पुरीले नेपाली तेक्वान्दो एकताको बाटोमा अघि बढी रहेको प्रतिक्रिया दिएका छन् । केही दिन अघि राष्ट्रिय तेक्वान्दो सङ्घ ललितपुर जिल्लाका अध्यक्ष सागर भक्त अमात्य सहितको समूह नेपाल तेक्वान्दो सङ्घमा प्रवेश गरे पछि खेलकुद न्युजडटकमसंगको कुराकानीमा उनले यस्तो धारणा व्यक्त गरेका हुन् । अध्यक्ष पुरीले अव सबै तेक्वान्दो कर्मी एकजुट हुनु पर्ने आवश्यकता आएको बताउँदै यो अभियानको सुरुवात ३ नं प्रदेशबाटै भएकोमा आफूलाई खुसी लागेको बताए । अमात्यको नेतृत्वमा प्रदेश कमिटीका सचिव राजु श्रेष्ठ सहितको ठुलो समूह नेपाल तेक्वान्दो सङ्घमा प्रवेश गरेको थियो ।


प्रवेश कार्यक्रममा नेपाल तेक्वान्दो सङ्घका अध्यक्ष प्रकाश समसेर राणा, महासचिव दीपराज गुरुङ र मुख्य प्रशिक्षक नवीन श्रेष्ठ लगायतको उपस्थिति थियो । प्रवेश पछि अमात्यले मूलधारको बाटोले नै सबैलाई सही गन्तव्यमा पु¥याउने विश्वास व्यक्त गरेका छन् ।
यसै गरी, प्रवेश पछि राजुले नेपाली तेक्वान्दोमा एकताको आवश्यकता महसुस गरेको र बिस्तारै सबै तेक्वान्दो कर्मी एकताको बाटोमा अघि बढ्ने विश्वास व्यक्त गरे ।

Comment