सेमिनारमा श्रेष्ठ र रञ्जित सहभागी हुने


यही आउँदो सन २०२० जनवरी ११ र १२ मा मित्रराष्ट्र कतारको दोहामा आयोजना हुन गइरहेको आइजेएफ रेफ्रि स्पोर्ट्स एन्ड एजुकेसन सेमिनारमा जुडो प्रमुख प्रशिक्षक वीरेन्द्र रञ्जित र अन्तर्राष्ट्रिय जुडो रेफ्रि तथा जुडो सङ्घका महासचिव धर्मकुमार श्रेष्ठले सहभागिता जनाउने भएका छन् । सङ्घका अध्यक्ष दीपक हर्ष बज्राचार्य लगायत उपाध्यक्ष तथा सदस्यहरूको उपस्थितिमा उनीहरूको बिदाइ भयो । सेमिनारमा २०२० देखि लागु हुने अन्तर्राष्ट्रिय नयाँ जुडो रेफ्रि तथा कोचिङ नियम सिकाउने भएकोले, उक्त सेमिनारमा सहभागी गराउन नेपाल जुडो सङ्घको सिफारिसमा पठाइएको हो ।

Comment