स्युचाटारका खेलाडी सम्मानित


नागार्जुन नगरपालिका वडा नं ९ र १० ले गत साग खेलमा पदक विजेता स्युचाटार तेक्वान्दो डोजाङका खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेको छ । पुम्सेमा स्वर्ण पदक विजेता सञ्जिला तिमल्सीनालाई विशिष्ट अतिथि नागार्जुन नगरपालिकाकी उपप्रमुख सुशीला अधिकारीले ७५ हजार १ सय रुपैयाँ सहित सम्मान गरिन् । यसै गरी, दुई कांस्य विजेता अस्मिन राउत, कांस्य विजेता अस्मिता खड्का र नेपाली पुम्से टोलीका प्रशिक्षक तथा स्युचाटार तेक्वान्दो डोजाङका मुख्य प्रशिक्षक नोर्बु लामालाई २५ हजार १ सय रुपैयाँ सहित सम्मान गरियो ।

सोही कार्यक्रममा नेपाली तेक्वान्दोका मुख्य प्रशिक्षक नवीन श्रेष्ठलाई पनि सम्मान गरियो । सुटिङमा गत साग खेलमा सहभागिता जनाउने दीपेश खड्कालाई पनि सम्मान गरियो । साथमा तेस्रो काठमाडौँ ओपन र पाचौ हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा पदक जित्न सफल खेलाडीलाई पनि नगद पुरस्कार सहित सम्मान गरियो । सोही अवसरमा स्युचाटार तेक्वान्दो डोजाङले कल्याणकारी अक्षयकोष स्थापना गरेको छ ।

Comment