छात्रतर्फ मेरीगोल्ड र छात्रातर्फ कालिका उमावि च्याम्पियन

marigold
पोखरा
हिमालयन लाइफ नेपालको आयोजनामा पोखरामा सञ्चालित अन्तरविद्यालय युनि हक्की बिग टुर्नामेन्टमा छात्रतर्फ मेरीगोल्ड बोर्डिङ स्कुल र छात्रातर्फ कालिका उमावि च्याम्पियन भएका छन्।
हिमालयन लाइफ नेपालको पोखरा–१५ नयाँगाउँस्थित आफ्नै खेलमैदानमा बिहीबार भएको छात्रतर्फको फाइनलमा मेरीगोल्ड बेर्डिङ स्कुलले थ्रीएञ्जल स्कुललाई ७–४ ले हरायो। तेस्रो स्थानको लागि भएको खेलमा पोखरा युनाइटेड एकेडेमीले सिद्ध उमाविलाई ३–२ ले पराजित ग¥यो। छात्रतफपर्व सिद्ध उमाविका राजन नेपाली बेस्ट प्लयेर घोषित भए। यस्तै सर्वाधिक १२ गोल गरेका मेरीगोल्डका कृष्ण राना हाइस्कोरर तथा थ्रीएञ्जल स्कुलका राहुल विक बेस्ट गोलकिपर घोषित भएको हिमालयन लाइफ नेपालका प्रशिक्षक सुरेश श्रीमलल जानकारी दिए।
छात्रातर्फको फाइनल खेलमा कालिका उमाविले मेरीगोल्ड बोर्डिङ स्कुललाई ५–१ ले पराजित ग¥यो। तेस्रो स्थानको लागि भएको खेलमा लिटिल स्टेप उमाविले कास्की मोडनाइज एकेडेमीलाई ३–० ले निराश पा¥यो। छात्रातर्फ कालिका उमाविका मीना परियार बेस्ट प्लयेर घोषित भइन्। यस्तै सर्वाधिक १३ गोल गर्ने कालिकाकै मिली शाही हाइस्कोरर तथा लिटिल स्टेप उमाविका गुनमाया खाती बेस्ट गोलकिपर घोषित भए।विजेता तथा उपविजेता टीमले शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे।
विजेता तथा उपविजेता टीमलाई प्रमुख अतिथि कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराल, नेपाल भलिबल सङ्घका केन्द्रीय सदस्य डीबी नेपाली, बालहितकारी परियोजना नेपालका अध्यक्ष गोविन्द पहारी, युनिप्स नेपालका कार्यक्रम संयोजक विनोद नेपाली, हिमालयन लाइफ नेपालका कोषाध्यक्ष श्रीसन बी उपहार, निर्देशक चनमन श्रीमललगायतले पुरस्कार वितरण गरेका थिए।
हिमालयन लाइफ नेपालका कोषाध्यक्ष श्रीसन बी उपहारको अध्यक्षतामा भएको समापन कार्यक्रमको सञ्चालन प्रभात प्रतीकले गरेका थिए। माघ २७ गतेदेखि सञ्चालित प्रतियोगितामा छात्रतर्फ १६ तथा छात्रातर्फ १२ टीमको सहभागिता रहेको थियो।

Comment