किस्कलाई उपाधि

rajeshh
किस्कले प्रथम अर्बिट इन्टरनेसनल ललितपुर जिल्लाव्यापी प्लस २ अन्तरकलेज छात्र बास्केटबल प्रतियोगिताको उपाधि बिहीबार जितेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको फाइनलमा किस्कले रातो बंगलालाई ६४–३६ ले पराजित ग¥यो । किस्कका लागि जोर्डनले सर्वाधिक २३ अंक योगदान गरे । जोर्डन नै ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए ।
उपाधिसंगै किस्कले १५ हजार नगद पुरस्कार पायो भने रातो बंगलाले १० हजार नगद पुरस्कारमा चित्त बुझायो ।
विजेतालाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटीका अध्यक्ष ध्रुवबहादुर प्रधान, राखेपका उपाध्यक्ष लामा टेन्डी शेर्पा र फिबा एक्सपर्ट एवं बास्केटबल प्रशिक्षक भेसलिन म्याटिकले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे ।लिग कम नकआउट आधारमा सञ्चालित प्रतियोगितामा ९ टिम सहभागी थिए ।

Comment