दुई दशक पछि प्रकाश नै नायक


आठौँ दक्षिण एसियाली खेलकुद र १३ औ दक्षिण एसियाली खेलकुदमा नेपालका लागि केही समानता देखिए । आठौँ दक्षिण एसियाली खेलकुदमा नेपालले बक्सिङमा दुई स्वर्ण पदक जितेको थियो । स्वर्ण पदकधारी दिए, दाजु भाइ प्रकाश थापा मगर र रामचन्द्र थापा मगर । १२ वर्षमा खोला फर्कन्छ भन्थे, अन्ततः २० वर्षमा खोला फर्केको छ ।

दिपक मर्हजनको साथमा प्रकास थापा


२० वर्ष अघि काठमाडौँमा भएको दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेता रामचन्द्र थापा मगरको मुख्य प्रशिक्षणमा नेपालले जारी साग खेलकुदमा बक्सिङमा ३ स्वर्ण, ६ रजत र ६ कांस्य पदक जित्यो । प्रकाशको नेतृत्वदायी प्रशिक्षणमा मिनु गुरुङ, भूपेन्द्र थापा र सनील शाहीले स्वर्ण पदक जिते । नेपाली बक्सिङमा एउटा कीर्तिमान कायम गर्‍यो । मुख्य प्रशिक्षक र खेलाडीको रूपमा साग स्वर्ण पदक जित्ने यो कीर्तिमान नेपाली लागि दुर्लभ रहेको छ ।


ललितपुर महालक्ष्मी नगरपालिका वडा नं ५ टिकाथलीमा प्रकाशको हकमा बक्सिङमा भोगेका दुख र सुखका थुप्रै कुरा त्यत्तिकै महत्त्वपूर्ण र पठनीय हुन सक्छन् । तर, ५ दशकको नेटो काटेका उनका लागि पछिल्ला तीन वर्ष यादगार र महत्त्वपूर्ण रहेको छ । खेलाडी जीवन पछि उनी प्रशिक्षकको रूपमा कार्यरत नभएका होइनन् । परन्तु, चर्चा बाहिरका प्रशिक्षककै रूपमा उनले लामो समय बिताए ।
वि.स २०७३ मा उनले नेपाली बक्सिङमा महत्त्वपूर्ण अवसर पाए । यो अवसर थिएन, एउटा ठुलो चुनौती पनि थियो । यसै चुनौतीलाई आत्मसात् गर्दै उनले एक पछि अर्को सफलता दिलाए । उनको उपस्थितिमा नेपालले पहिलो पटक भारतमा खुला अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता दिलाए । संसारका एक से एक बक्सिङका शक्ति राष्ट्र सहित २५ टोलीको उपस्थितिमा नेपालले दुई कांस्य पदक जित्यो ।
यसले एका तीर प्रकाशको नेतृत्वको सही सुरुवात ठह¥यायो भने नेपाली बक्सिङ निकायमा बढ्दो आत्मविश्वास । थाइल्यान्ड ओपन बक्सिङ च्याम्पियनसिपमा नेपाली खेलाडीले केही स्तरीय खेलाडीलाई पराजित गर्दै नेपाली बक्सिङ लयमा फर्केको आभास दिएको थियो । यस पछि भएका प्रतियोगितामा नेपालले पदक त जितेन । तथापि केही आशा गर्ने ठाउँ देखियो ।

मिनु गुरुङ सागमा स्वर्ण पदक जिते पछि


मिनु गुरुङ, सुशील थापा, भुपेन ,सनील शाही, पुनम रावल, माला राई, ललिता महर्जन,सङ्गीता सुनार, आशिष् दवाडी, दीपक श्रेष्ठ लगायत केही स्तरीय खेलाडीको जमात तयार भयो । जसमा नेपाली बक्सिङ पूर्ण आशावादी रहन पुग्यो । यस सागमा समेत नेपालले पाँच स्वर्ण पदकको आशा गरेको थियो । तीनमा सफलता हात पारेको छ । जितको नजिक पुगेर पनि सामान्य गल्तीका कारण दीपकले स्वर्ण पदक गुमाए । यो महत्त्वपूर्ण सफलता पछि प्रकाशको कथन छ,“ यो पूर्ण होइन, अझ गर्न बाँकी धेरै छ । ”यस पटक नेपाली बक्सिङमा एउटा नयाँ आयाम थपियो । चार जना नेपाली आरजे यो प्रतियोगिता सञ्चालन गर्ने प्राविधिक टोलीमा समावेश थिए । पुष्कर राज पन्त, रामचन्द्र थापा मगर, तारा राम श्रेष्ठ र धनकुमार मैनालीले यो अवसर पाएका थिए । आशा गरौँ प्रकाशको प्राविधिक नेतृत्वमा नेपाली बक्सिङले अझ थप उपलब्धि पाउँदै जाने छ ।

Comment