सकियो १३ औं साग

दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करण मंगलबार सम्पन्न भएको छ । मंसिर १५ गतेबाट औपचारिक रुपमा निकै ब्यबस्थित तरिकाले शुरु भएको प्रतियोगिताको समापन पनि उस्तै उल्लासमय तरिकाले सम्पन्न भयो ।

समापनका अवसरमा १४ औं सागको आयोजक राष्ट्र पाकिस्तानलाई झण्डा हस्तान्तरण गरिएको थियो । सो अवसरमा बिभिन्न आकर्षक झाँकी, मार्चपास, सांस्कृतिक कार्यक्रम, आतिषबाजीलगायतका बिशेष प्रस्तुतीहरु प्रदर्शन गरिएको थियो ।

स्क्वास ः नेपाल तेश्रो

नेपाल १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत स्क्वासको पुरुष÷महिला दुवैको टिम इभेन्टमा मंगलबार तेश्रो भएको छ ।

पुरुषमा अरहान्तकेशर सिंह, अमृत थापा मगर, अमिर ब्लोन र दीपक थापा तथा महिलामा कृष्णा थापा, भावना सुनुवार, विपना ब्लोन र स्वस्थानी श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए । नेपालसंगै पुरुष÷महिला दुवैमा श्रीलंका पनि तेश्रो भयो । पुरुषमा पाकिस्तान पहिलो तथा भारत दोश्रो भए । महिलामा भारतले स्वर्ण तथा पाकिस्तानले रजत जिते ।

बक्सिङ ः सनिलले दिलाए नेपाललाई तेस्रो स्वर्ण

सागको अन्तिम दिनमा नेपालका सनिल शाहीले नेपालका लागि तेस्रो स्वर्ण जित्न सफल भएका छन् । ललितपुरको सातदोबाटोमा भएको पुरुष ६० केजीमा पनि भारतीय मुक्केबाज भरिन्दर सिंहलाई अंकको आधारमा पराजित गर्दै नेपालका सनिल शाहीले स्वर्ण जित्न सफल भए । यसअघि भूपेन्द« थापामगर र मिनु गुरुंगले नेपाललाई स्वर्ण दिलाएका थिए । यस तौल समूहको काश्य भने श्रीलंकाका जिवन्थ निस्सन्का बामुनु अराचचील र बंगलादेशका सूरा कृष्णा चक्माले प्राप्त गरे ।

मंगलवार भएको अन्य बाउटमा भने भारतको नै दबदबा रह्यो । महिला ५१ केजीको खेलमा भारतीय बक्सर पिन्की रानीले नेपालकी माला राईलाई स्पिलिट डिसिजनको आधारमा हराउदै स्वर्ण पदक जितिन् । हारसंगै मालाले रजत पदक प्राप्त गरिन् । यस्तै पाकिस्तानकी रजिया बानो अजीज र श्रीलंकाकी कोसला निलमिनी अथावुदा अच्चिलागेले प्राप्त गरिन् ।

महिला ५७ केजीमा भारतकी सोनिया लाथेरले श्रीलंकाकी क्रिस्मि अयोमा दुलान्ज लंकापूरायालागेलाई अंकको आधारमा हराउँदै स्वर्ण जितिन । यस तौलमा पाकिस्तानकी मेहरीन र नेपालकी चन्द्रकला थापाले काश्य हात पारिन । महिला ६४ केजीमा नेपालका पूनम रावल पनि भारतकी मञ्जु बम्बोरियासंग पराजित हुदै रजतमा सिमित भईन् । भारतकी मञ्जु बम्बोरियाले भने स्वर्ण चुमिन् । यस तौलमा पाकिस्तानकी परभीनले भने काश्य हात पारिन् ।

यसैगरी पुरुष ५२ केजीको फाइनलमा भारतका स्पर्श कुमारले पाकिस्तानका सईद मुहमद आसिफलाई स्पिलिट डिसिजनको आधारमा हराउँदै स्वर्ण जिते । यसै समूहको काश्य पदक भने नेपालका तेजबहादुर देउबा र श्रीलंकाका लासिन्दु इरान्डा कुदाभीथानागेले प्राप्त गरे ।

पुरुष ६९ केजीमा पनि भारतकै कृषन भिकासले पाकिस्तानका गुल जाइबलाई अंकको आधारमा पराजित गर्दै स्वर्ण जिते । यस तौलको काश्य भने नेपालका विकास लामा र बंगलादेशका अब्दुर रहीम मोहमदले हात पारे ।

यसैगरी पुरुष ८१ केजी तौल समूहमा नेपालका गणेश प्रधान रजतमा सिमित भए । गणेशलाई स्पिलिट डिसिजनको आधारमा हराउंदै श्रीलंकाका रोमेश सान्डाकेलूम वान्नी अराचचिगेलाई स्वर्ण हात पारे । यो तौल समूहको काश्य भने पाकिस्तानका अवाइस अली खान र भारतका सचिन कुमारको पोल्टामा प¥यो ।

पुरुष ९१ केजीभन्दा माथिको भिडन्तमा भने भारतका नरेन्दरसँग अंकको आधारमा पराजित हुँदै नेपालका आशिष दुवादीले रजत प्राप्त गरे । यस समूहको काश्य पदक भने श्रीलंकाका बुवानेका ईरान्डा अड्डू राकाराम रल्लागेले प्राप्त गरे ।

जुडो ः नेपाललाई कांस्य

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत जुडोको मिक्स टिम इभेन्टमा नेपालले कास्य पदक जितेको छ । लगनखेलस्थित आर्मीको कभर्डहलमा मंगलबार नेपालले मिक्स टिममा कास्य जितेको हो ।

यस स्पर्धामा भारतले स्वर्ण जित्दा पाकिस्तानले रजत जितेको छ । नेपालसहित बंगलादेशले कास्य जितेको छ । स्वर्ण जित्ने क्रममा भारतले चार खेल नै जितेको थियो ।

बास्केटबल ः नेपाली महिला टिमलाई रजत

सागअन्तर्गत बास्केटबलको महिलामा नेपालले रजत जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको फाइनलमा भारतले नेपाललाई १२७–४६ ले पराजित ग¥यो ।

भारतकी स्कारियाले २० अंक जोडिन् भने नेपालकी अनुषा मल्लले १७ स्कोर गरिन् । चारै क्वाटरमा अग्रता लिएको भारतले २५–७, ३३–१४, ४४–९ र २५–१६ को प्रदर्शन ग¥यो । माल्दिभ्सले भुटानलाई ८३–४६ ले हराउदै तेश्रो भयो । माल्दिभ्सकी रिश्माले २९ अंक बटुलिन् ।

पुरुष फाइनलमा भारतले श्रीलंकामाथि १०१–६२ को जित दर्ता ग¥यो । विजेताका विशेष भ्रिगुवन्सीले १७ स्कोर गरे । सुरुका तीन क्वाटरमा अग्रता लिएको भारतले पहिलोमा २६–१४, दोश्रोमा २५–१० र तेश्रोमा २८–२७ अंक जोड्यो । चौथोमा श्रीलंकाले २७–२२ को अग्रता लिएको थियो ।

तेश्रो स्थानका लागि भएको खेलमा नेपालले बंगलादेशलाई ८१–५९ ले पाखा लगायो । नेपालका अशिम श्रेष्ठले १९ अंक जोडे । नेपालले पहिलोमा २४–११, दोश्रोमा २२–११, तेश्रोमा १४–२३ र चौथोमा २१–१४ अंक जोड्यो ।

यसअघि सोमबार सम्पन्न थ्री बाइ थ्री बास्केटबलको पुरुषमा भारत पहिलो, नेपाल दोश्रो र श्रीलंका तेश्रो भएका थिए । महिलामा भारतले स्वर्ण, श्रीलंकाले रजत तथा नेपालले कांस्य जितेका थिए ।

पुरुष फुटबलमा स्वर्ण

काठमाडौं । नेपाल १३ औं दक्षिण एसियाली खेलकुदको अन्तिम स्वर्ण आप्mनो नाममा लेखाउन मंगलबार सफल रह्यो । दशरथ रंगशालामा भएको पुरुष फुटबलको फाइनलमा नेपालले स्वर्ण पदकका लागि भुटानलाई २–१ ले पराजित ग¥यो । नेपालले दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलको स्वर्ण जितेको यो कीर्तिमान चौथो पल्ट हो ।

पाकिस्तानको नाममा पनि चार पल्ट पुरुष फुटबलमा स्वर्ण जितेको कीर्तिमान छ । नेपाल सन् १९८४, १९९९ र २०१६ को विजेता पनि हो । यस्तै नेपाल भारत र पाकिस्तानपछि लगातार दुई स्वर्ण जित्ने तेस्रो टिम पनि बनेको छ । नेपालले तीन वर्ष अगाडि पुरुष फुटबलमा जितेको स्वर्णको रक्षा पनि गरेको छ ।

नेपालले १७ औं मिनेटमा अग्रता लिएको थियो । अभिषेक रिजालले नजिकबाट सजिलै गोल गरे । यो अभिषेकको प्रतियोगितामा तेस्रो गोल हो । भुटानले गरेको एक गोल भने कप्तान चेन्चो ग्यालचिनको नाममा रह्यो । उनले ३७ औं मिनेटमा गोल गरे । खेलको निर्णायक गोल भने ५३ औं मिनेटमा सुनिल बलले गरे ।

Comment