गौरीका बनीन् नेपालको ऐतीासिक खेलाडी

१३औं दक्षिण एसियाली खेलकुद सागमा पौडि तर्फको स्पर्धामा नेपालकी गौरिका सिंहले सर्वाधिक ४ स्वर्ण पदक जित्दै नयाँ किर्तिमान बनाएकी छिन् ।

साग अन्तरगत व्यक्तिगत चौथो स्वर्ण पदक जित्दै नयाँ कीर्तिमान बनाएकी हुन् । सातदोबाटोस्थित पौडी पोखरीमा गौरिकाले पौडि स्पर्धाको अन्तिम दिन १ सय मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जित्दै एकै संस्करणमा सर्वाधिक चार स्वर्ण जित्ने पहिलो खेलाडी बनेकी हुन् । सोमबार प्राप्त पदक जारी सागमा गौरिकाको व्यक्तिगत चौथो स्वर्ण हो ।

गौरिकाले ५८.१३ सेकेन्डमा निर्धारित दूरी पूरा गरी चौथो स्वर्ण हात पारेकी हुन् । यस स्पर्धामा भारतकी सिवांगी शर्माले ५८.१५ समयमा पूरा गर्दै रजत र भारतकै एनी जैनले ५९.०४ मा पूरा गरी कांस्य पदक जितिन् । यस अघि गौरिकाले आइतबार ४ सय मिटर फ्रिस्टाइलमा तेस्रो व्यक्तिगत स्वर्ण पदक जितेकी थिइन् । उनले यसअघि २ सय मिटर फ्रिस्टाइल र २ सय मिटर ब्याकस्ट्रोकमा पनि स्वर्ण पदक जितेसकेकी थिइन् ।

यसका साथै उनले महिला ४ सय मिटर रिलेमा पनि नेपाललाई कांस्य पदक दिलाइन् । सोही स्पर्धामा भारतले स्वर्र्ण पदक जित्दा श्रीलंकाले रजत पदक जित्न सफल भयो । २ सय मिटर पुरुष व्यक्तिगत मिड्लेमा श्रीलंकाले म्याथ्यु डुकानले स्वर्ण पदक जित्दा भारतका श्रीधर शिबले रजत र भारतकै श्रीहरी नटराजले कास्य पदक हात पारे । सोही स्पर्धाको महिला तर्फको खेलमा नेपालका टिसा शाक्यले नेपाललाई कास्य पदक दिलाइन् । भारतकी रिचा मिश्राले स्वर्ण जितिन भने पाकिस्ताकी बिस्मा खानले रजत पदक जितिन् । यस्तै १ सय मिटर पुरुष फ्रि–स्टाईलमा श्रीलंकाकालागि म्याथ्यु डुकानले सोमबार व्यक्तिगत दोस्रो स्वर्ण पदक दिलाउँदा भारतका श्रीहरी नटराजले रजत तथा श्रीलंकाका दिमु पेइरिसले कास्य पदक जिते । पुरुष ५० मिटर बटरफ्लाईमा श्रीलंकाका म्याथ्यु डुकानले सोमबार तेस्रो स्वर्ण पदक हात पार्दा भारतका विक्रम खाडेले रजत र श्रीलंकाकै दिमु पेइरिसले कास्य पदक दिलाए । महिला ५० मिटर बटरफ्लाईमा भारतलाई दिब्या सतिजाले स्वर्ण पदक दिलाइन् । भारतकै निना भेन्काटेसले रजत पदक आफ्नो नाममा लेखाउँदा श्रीलंकाकी सन्दु साभिन्दीले कास्य पदक जितिन् । सोमबारै सम्पन्न पुरुष ४ सय मिटर मिड्लेमा भारत पहिलो बन्दा बंगलादेश दोस्रो, पाकिस्तान तेस्रो भए । सोही स्पर्धामा श्रीलकंका भने अयोग्य भयो । फल्स सुरुआत गरेको श्रीलंकाको रजत पदक गुमेको हो ।

यस अघि आइतबार छिनोफानो हुन बाँकी ८ सय मिट फ्रि–स्टाईल पुरुष रिलेमा भारतले स्वर्ण पदक जितेको छ भने श्रीलंका र बंगलादेशले क्रमश रजत र कास्य पदक जिते ।

यससँगै पौडिका सबै खेल सकिएका छन् । भारतले सर्वाधिक २७ स्वर्ण, १९ रजत र ६ कास्य पदक सहित कुल ५७ पदकका साथ पौडि तालिकाको शीर्ष स्थानमा अटायो । ७ स्वर्ण ११ रजत र १८ कास्य सहित कुल ३६ पदक जितेको श्रीलंका दोस्रो, ४ स्वर्ण, ४ रजत र ४ कास्य सहित कुल १२ पदक जितेको नेपाल तेस्रो, ३ रजत ८ कास्य गरी कुल ११ पदक जितेको बंगलादेश चौथो तथा १ रजत र २ कास्य गरि कुल ३ पदक जितेको पाकिस्तान पाँचौं भयो । माल्दिभ्स र भुटानले कुनै पदक हात पारेनन् ।

Comment