गौरिकालाई तेश्रो स्वर्ण

नेपालकी गौरिका सिंहले आइतबार ४ सय मिटर फ्रि–स्टाईमा पनि स्वर्ण पदक जित्दा व्यक्तिगत स्वर्ण संख्या तीन पुगको छ ।

ललितपुर स्थित सातदोबाटोको पौडि पोखरमा भएको स्पर्धामा पाँच प्रतिस्पर्धीलाई उछिन्दै स्वर्ण पदक जितेकी हुन् । यस सँगै गौरिकाको जारी संस्करणमा स्वर्ण संख्या तीन पुगेको छ । एकै संस्करणमा तीन स्वर्ण पदक जित्ने पहिलो खेलाडी पनि बनेकी छिन् । ४ सय फ्रि–स्टाईलमा गौरिकाले निर्धारित दूरी ४ मिनेट २५.२८ सेकेन्डमा पार गर्दै नेपाललाई स्वर्ण पदक दिलाउन सफल भएकी हुन् । सोही स्पर्धामा भारतकी शिभांगी शर्माले रजत पदक जित्दा श्रीलंकाकी रामुदिन नुलाराले कास्य पदक जितिन् ।

शनिबारै सम्पन्न ४ सय मिटर पुरुष फ्रि–स्टाईलमा भारतका कुशग्रा रावतल र आनन्द अनिल कुमारले क्रमश स्वर्ण र रजत पदक जित्दा बंगलादेशका फइजल अहम्मेले भने कास्य पदक जिते । पुरुष २ सय मिटर बटरफ्लाईमा भारतका सुप्रिया मन्डोलाले स्वर्ण, श्रीलंकाका सन्देभ सा सेनेरेट्टाले कास्य पदक जिते । महिला २ सय मिटर बटरफ्लाईमा ड्वाना लामाले नेपालका लागि रजत पदक दिलाइन् । स्वर्ण पदक भारतकी अपेक्षा देल्यालले जित्दा बंगलादेशकी जुनायान अहमेदले कास्य जितिन् । ५० मिटर पुरुष ब्याक स्ट्रोकमा श्रीहरी नटराजले स्वर्ण भारतलाई दिलाउँदा श्रीलंकका दिमु पेरेसले रजत र एस डे सिल्भा कास्य पदक जिते । महिला ५० सर्ट कोर्श ब्याक स्ट्रोकमा नेपालकी गौरिका सिंहले रजत पदक जित्दा मन्ना राजिभ पटेलले भारतका लागि स्वर्ण र भारतकै रिधिमा विरेन्द्रकुमारले कास्य पदक जिते । यस्तै ८ सय मिटर फ्रि–स्टाईल महिला रिलेमा भारतले स्वर्ण थप्दा श्रीलंकाकाले रजत र नेपालले कास्य पदकमा चित्त बुझायो । ८ सय मिटर फ्रि–स्टाई पुरुषको नतिजा भने सोमबार मात्र सार्वजनिक हुने नेपाल पौडि संघले जनाएको छ ।

Comment