ह्याण्डबलमा नेपाली महिला टोली पहिलो पटक फाइनलमा

१३ औ साग अन्तरगत महिला ह्याण्डबलमा नेपालले फाइनलको यात्रा तय गरेको छ ।

शनिबार भएको महिलातर्फको सेमिफाइनलमा पाकिस्तानमाथि कठिन जित निकाल्दै फाइनल प्रवेश गरेको हो । पाकिस्तान विरुद्धको खेलमा २२–२१ अन्तरको गोलले नेपाली महिला टोली फाइनलमा भाग्मानी टिम सावित भयो ।

नेपालका लागि उमा राईले सर्वाधिक ११ गोलको योगदान दिइन् । नेपालले स्वर्ण पदकका लागि आइतबार भारतसग फाइनल खेल्नेछ ।

यता, शनिबार नै भएको महिला ह्याण्डबलको पहिलो सेमिफाइनल खेलमा भारतले बंगलादेशलाई ४१–१३ गोल अन्तरले जित हासिल गर्दै फाइनल पुगेको छ । भारतका लागि सर्वाधिक गोल उमा र सोनिकाले सर्वाधिक समान ६ गोल गरे ।

Comment