छिमी मेरिट अवार्डबाट सम्मानित

chimmi urken
नेपाल साइकिलिङ संघका अध्यक्ष छिमी उर्गेन गुरुङलाई एसियन साइक्लिङ महासंघले मेरिट अवार्डबाट सम्मान गरेको छ । महासंघको थाइल्यान्डमा ९ फेब्रुअरीमा भएको कंग्रेसको अवसरमा छिमीलाई सो अवार्ड प्रदान गरिएको हो । नेपालमा माउन्टेन बाइकिङ स्पोर्टस्को विकास र विस्तारमा महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै उनलाई सो अवार्ड प्रदान गरिएको बताइएको छ । उनको सक्रिय पहलमा २००८ मा नेपालमा १४ औं एसियन माउन्टेन बाईक च्याम्पियनसिपसमेत सम्पन्न गरिएको थियो । सिमित साधन स्रोतका बाबजुद पनि सो च्याम्पियनसिप आयोजन गर्दै सफलतापूर्वक सम्पन्न गरेको महासंघ उत्साहित थियो ।
अवार्ड प्राप्त गरेपछि उनले आफ्नो मेहनतको फल प्राप्त गरेको बताउदै माउन्टेन वाइकको क्षेत्रमा अझै सक्रियपूर्वक सहभागीता हुन उत्प्रेरणा मिलेको छिमीले बताए । छिमिले एसियन साइकिलङ कन्फेडेरेसनको झन्डा सगरमाथामा फरफराउने काम समेत गरेका थिए । त्यसैगरि उनले २०१८ को एसियन माउन्टेन बाइक च्याम्पियनसिपका लागि समेत विडिङ राखेको बताए ।

Comment