निमालाई लगातार दोश्रो साग स्वर्ण पदक

१२ औ दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता निमा घर्ती मगरले आफ्नो सफलतालाई दोह¥याएकी छिन् । बिहिबार भएको उसुको नान्डाउ अलराउन्डमा स्वर्ण पदक जितिन् । सो स्पर्धामा उनले १८.९१ स्कोर गरिन् । बंगलादेशकी मोर्जीना अख्तरले १६.३० र श्रीलंकाकी सञ्जु कुमारीले १४.७४ स्कोर गरिन् । पुरुष गुन्सुमा भारतका सुरज सिंहले १९.२२ को स्कोर गर्दै स्वर्ण पदक जित्दा नेपालका बिश्व बुढा मगरले १९.१३ स्कोर गर्दै रजत पदक जिते । सो स्पर्धामा बंगलादेशका मोहम्मद रसेल हुसेनले काश्य पदक जिते ।

Comment