परिपक्व बनेका सक्षमले सागमा जिते स्वर्ण


घरेलु प्रतितयोगितामा भिन्ना भिन्नै समुहमा च्याम्पियन बनेका सक्षम कार्की १३ औ दक्षिण एसियाली खेलकुदमा हेभिवेटमा स्वर्ण पदक जित्न सफल भएका छन् । स्वर्ण पदक जित्ने क्रममा सक्षमले बुधबार भएको फाइनलमा पाकिस्तानका बकार अली साहलाई २४–९ ले पराजित गरे । यस अघि उनले श्रीलंकाका सिया वालापितीयागेलाई ३२–११ ले हराए ।
कोटेश्वर तेक्वान्दो डोजाङका उत्पादन सक्षमले १२ औ साग खेलमा रजत पदक जितेका थिए । घरेलु भुमिमा बाबु भैरव कार्कीबाट प्रेरित सक्षमको जिवनमा तेक्वान्दोका पूर्व राष्ट्रिय च्याम्पियन समेत रहेका रञ्जन श्रेष्ठ प्रेरणाको श्रोत बनेका थिए ।
अनुशाषित र भद्र व्यक्तिको रुपमा छबी बनाएका सक्षम एरेनामा चलाख र चतुर खेलाडीको रुपमा रहने गरेका छन् । साथै त्यत्तिकै परिपक्व खेलाडी पनि ।

Comment