अनुपमाले जितिन् स्वर्ण


नेपालकी अनुपमा मगरले १३ औ साग अन्तरगतको करातेको महिला ६८ किलो भन्दा माथिको तौल समुहमा स्वर्ण पदक जितेकी छिन् । फाइनलमा उनले पाकिस्तानकी नर्गीसलाई ६–३ ले हराइन् । सो स्पर्धामा बंगलादेशकी अविदिफ सुल्ताना र श्रीलंकाका कुलाथुना विजयनले काश्य पदक जिते । अनुपमा बालाजु कराते एकेडेमीकी उत्पादन हुन् । बुधबार भएको पुरुष ५० किलो तौल समुह नेपालका सोनाम लामाले काश्य पदक जिते । यसैगरी, महिला टिम कुमुतेमा नेपालले काश्य पदक हात पारेको छ ।

Comment