विजय र सुस्मीताले जिते स्वर्ण

नेपालका विजय सिञ्जाली मगरले उसु थाउलोको क्वान चानमा स्वर्ण पदक जितेका छन् । उनले ९.४८ स्कोर गरे । उनका निकट प्रतिद्धन्दी मोहम्मद उमारले ९.३४ तथा श्रीलंकाका सौम्य प्रभाकराले ९.१३ स्कोर गरे । गत सागमा उनले रजत पदक जितेका थिए ।
यसैको महिला स्पर्धामा नेपालकी सुस्मीता तामाङले ९.४४ स्कोर गर्दै स्वर्ण पदक जितिन् । श्रीलंकाकी वाथसालाले ८.५५ सहित रजत तथा बंगलादेशकी नुर बहिरले ७.५३ स्कोर सहित काश्य जिते ।

लामो समय देखि नेपालमा प्रभाव राख्ने क्रममा विजयले यसै वर्ष भएको विश्च च्याम्पियनसीपमा सबैभन्दा धेरै स्कोर गर्ने खेलाडी थिए । यसै गरी सुस्मीता अत्यन्त मिहेनती र अनुशाषित खेलाडीको रुपमा परिचित छन् । अन्य आम नेपाली झै निम्न मध्यमबर्गीय परिवारको प्रतिनिधित्व गर्ने दुवै खेलाडीले ठूलो परिश्रम र मिहेनतको कारण यहाँ सम्मको यात्रा तय गरेको उनीहरु आबद्ध नेपाल आर्मी क्लबका प्रशिक्षक राजिव मर्हजन वताउछन् ।

Comment