एसियाड छाडेका नविनले सागमा जिते स्वर्ण

नेपालका नबीन रसाइलीले १३ औ साग खेलकुद अन्तरगत ६७ किलो तौल समुहमा स्वर्ण पदक जितेका छन् । पछिल्लो समय नेपाली करातेमा राम्रो प्रभाव जमाएका नविनले फाइनल प्रवेश गर्ने क्रममा बंगलादेशका मोहम्मद फेरडउसलाई ८–२ ले हराए ।
यसैगरी, फाइनलमा उनले पाकिस्तानका अहमद नासेरलाई ८–६ ले हराए । लामो समय देखि प्रवभाकारी कराते खेलाडी नविन गत एसियाडमा छनोट भए पनि सहभागिता जनाएका थिएनन् ।

Comment