एरेनामा अनुको सानदार प्रभाव, कसुमलाई स्वर्ण पदक


लामो समय देखि नेपाली करातेमा प्रभावकारी खेलाडी रहेकी अनु अधिकारीले जारी १३ औ दक्षिण एसियाली खेलकुदमा उत्कृष्ट र सानदार प्रदर्शन गरेकी छिन् । उत्कृष्ट प्रदर्शन गरेकी अनुले महिला ५० किलो तौल समुहमा आmप्ना सवै प्रतिद्धन्दीलाई सहज हराउदै स्वर्ण पदक जितिन् । ऐनाका एकछत्र प्रभाव जमाएकी उनले फाइनलमा श्रीलंकाकी डोन पाउवा बडाल्गे दिनुसा कुमारीलाई ८–० ले पराजित गरिन् । ढाका सागकी रजत पदक समेत रहेकी अनु गत एसियाडमा पदकको नजीक पुगे पनि विमुख भएकी थिइन् । सो स्पर्धामा बंगलादेशकी गुल सविरा र पाकिस्तानकी फकिदा अख्तरले काश्य पदक जिते ।
यसैगरी,महिला ४५ किलो तौल समुहमा नेपालकी कुसुम खड्काले स्वर्ण पदक जितेकी छन् । स्वर्ण पदक जित्ने क्रममा उनले फाइनलमा बंगलादेशकी मन्जुरा बोर्नालाई ३–२ले पराजित गरिन् । सो स्पर्धामा श्रीलंकाका श्रनाथ अचाइगे इशाका मुवाथान्थी र पाकिस्तानका अन्वेरा इक्राले रजत पदक जिते ।

Comment