चञ्चलालाई रजत पदक


नेपालकी चञ्चला दनुवारले १३ औ दक्षिण एसियाली खेलकुदको महिला एकल कातामा रजत पदक जितेकी छिन् । सोमबार सातदोबाटोस्थित कराते प्रशिक्षण केन्द्रमा भएको खेलमा चञ्चला फाइनलमा पाकिस्तानकी सइदासंग ४२–२५ लेपराजित भइन् । यस अघि पहिलो चरणमा आफ्नो समुहमा रहेका बंगलादेशका हुमारिका अख्तर र भुटानका सोनाम ल्हामोलाई हराउदै चञ्चला फाइनलमा प्रबेश गरेकी हुन् । सो स्पर्धामा बंगलादेशकी अख्तरले काश्य पदक जितिन् ।

Comment