दक्षिण एसियाली खेलकुद औपचारिक रुपमा सुरु

नेपालका तीन शहर काठमाडौं, पोखरा र जनकपुरमा खेल आयोजना हुने १३ औ दक्षिण एसियाली खेलकुद औपचारिक रुपमा सुरु भएको छ । आइतबार राष्ट्रपती विद्यादेवी भण्डारीलाई दक्षिण एसियाली खेलकुदको उद्घाटन गरिन् । १३ औ सस्करण १ देखि १० तारिखसम्म आयोजना हुने दक्षिण एसियाली खेलकुद नेपालमा तेश्रो पटक आयोजना हुन लागेको हो । सन् १९८५ मा काठमाडौंमा पहिलो पटक दक्षिण एसियाली खेलकुद आयोजना भएको थियो भने प्रतियोगिताको आठौ सस्करण काठमाडौंमा सन् १९९९ मा भएको थियो ।
ओलम्पियन बैकुण्ड मानन्धर,राजेन्द्र भण्डारी, नयया शाक्य,उमेस मास्के र देवु थापाबाट टर्च ग्रहण गरे पछि सो टर्च चार पटक दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेका दिपक विष्टले दिप प्रज्वलन गरेका थिए । आयशा शाक्यले खेलाडी तथा दिपक थापाले रेफ्रिको तर्फबाट समथ गरेका थिए । नेपालको झण्डा भारोत्तोलनका कमल अधिकारीले बोकेका थिए । दक्षिण एसियाका सातवटै देशको सस्कृती देखिने उद्घाटन कार्यक्रममा करिब २० मिनेट आतासबाजी भएको थियो ।
यस पटकको दक्षिण एसियाली खेलकुदमा २७ खेलमा सात देशका २ हजार ७ सय १५ खेलाडी सहभागि छन् । भारतले २२ खेलमा ४ सय ८७ तथा श्रीलंकाले २६ खेलमा ५ सय ६४ खेलाडी सहभागि गराएका छन् । यसैगरी,बंगलादेशले २५ खेलमा ४ सय ७० र पाकिस्तानले १८ खेलमा २ सय ६३ खेलाडीलाई सहभागि गराएका छन् । भुटानले १८ खेलमा १ सय १६ तथा माल्दीभ्सले १२ खेलमा २ सय १६ खेलाडी सहभागि गराएका छन् ।
३ सय १७ स्वर्ण,त्यत्तिकै रजत र ४ सय ८१ काश्य पदक रहेका छन् । यसैगरी, सवैभन्दा धेरै स्पर्धा एथलेटिक्समा ३६ तथा तेक्वान्दोमा २९ स्वर्ण पदक रहेका छन् । यसैगरी, आबस्यक सहभागि संख्या नपुगे पछि प्याराग्लाइडिङ समाबेश भएन ।
दक्षिण एसियाली खेलकुदमा आर्चरी,एथलेटिक्स,ब्याडमिन्टन,बास्केटबल, बास्केटबल थ्री वाइ थ्री, विच भलीबल बक्सीङ,क्रिकेट, साइक्लीङ, फेन्सीङ,फुटबल, गल्फ,क्यान्डबल, जुडो, कबड्डी, कराते, खोखो, सुटिङ,स्क्वास, पौडी,टेबल टेनिस,तेक्वान्दो, टेनिस,ट्रायथलन, भलीबल, भारोत्तलन, कुश्ती र उसु समाबेश रहेका छन् ।
प्रतियोगिताका प्रारम्भीक खेल सुरु भइसकेका छन् । प्रतियोगिताका प्रारम्भीक नतिजा अनुसार नेपालले ब्याडमिन्टनका पुरुष र महिला टिम इभेन्टका सेमिफाइनल प्रबेश गरे पछि कमसेकम काश्य पदक निश्चित भएको छ भने महिला भलीबलमा फाइनल प्रबेश गरिसकेको छ ।
ठूला अन्तराष्ट्रिय प्रतिस्पर्धात्मक रुपमा प्रस्तुत हुन नसक्ने नेपालका लागि आफ्नो स्तर मापन गर्नका लागि दक्षिण एसियाली खेलकुद सबैभन्दा महत्वपूर्ण अवसरका रुपमा रहने गरेको छ । नेपालले यस पटक घरेलु भुमिमा राम्रो प्रदर्शन गर्ने अपेक्षा गरेको छ । पहिलो पटक घरेलु भुमिका प्रतियोगिता आयोजना हुदाँ चार स्वर्ण पदक जितेको नेपालले दोश्रो पटक काठमाडौंमा प्रतियोगिता सञचलन हुदा ३५ स्वर्ण पदक जितेको थियो । सो समयमा तेक्वान्दो र करातेले गरी कुल २८ स्वर्ण पदक नेपाललाई दिलाएको थियो । यस पटक तेक्वान्दो र करातेले नै नेपाललाई राम्रो नतीजा दिलाउने अपेक्षा गरिएको छ ।

Comment