तेक्वान्दो खेलाडीको उत्साह बढाउन प्रदेश सङ्घको पहल

१३ औ दक्षिण एसियाली खेलकुदमा सहभागिता जनाउने नेपाली तेक्वान्दो खेलाडीका उत्साह बढाउन विभिन्न निकाय सक्रिय रहेका छन् । नेपालको सबेभन्दा ऐतिहासिक खेल तेक्वान्दो १३ औ सागमा पनि सबैभन्दा सफल खेलको रूपमा रहने अपेक्षा गरिएको छ । यसै टोलीलाई तीन नं प्रदेश तेक्वान्दो सङ्घको पहलमा सिजी ग्रुपबाट ट्रायकसुट वितरण गरिएको छ ।
सो कार्यक्रममा प्रदेश सभा सदस्य तथा प्रदेश तेक्वान्दो सङ्घका उपाध्यक्ष बिराज भक्त श्रेष्ठ,उपाध्यक्ष राजन सिंह भण्डारीले शुभकामना व्यक्त गरेका थिए । प्रदेश तेक्वान्दो सङ्घका विक्रम खड्गीले दिएको जानकारी अनुसार ३४ खेलाडी, प्राविधिक तथा प्रशिक्षक गरी कुल नो जना तथा प्रदेश सङ्घका अधिकारीलाई ट्रायकसुट वितरण गरिएको हो । सिजी ग्रुपका सुरेन्द्र खनालले सो सामग्री वितरण गरेका थिए । यसको एक दिन अघि नेपाल प्रहरीका पूर्व एआइजी माधव नेपालले पनि ट्रायकसुट प्रदान गरेका थिए । सिटीजन बैङ्कका अध्यक्ष समेत रहेका प्रदेश तेक्वान्दोका उपाध्यक्ष भण्डारी सहित प्राध्यापक प्रकाश खड्गी र पूर्व एआइजी नेपाल सहितले नेपाली तेक्वान्दो खेलाडीले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका थिए ।

Comment