तेक्वान्दोका सञ्जीव र राजुलाई स्वर्ण

नेपालका सञ्जीव नेपाली र राजु नगरकोटीले इङल्यान्डमा सम्पन्न ब्रिटिस ओपन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् ।
म्यानचेस्टरस्थित जर्ज कर्नल लेजर सेन्टरमा भएको च्याम्पियनसिपमा सञ्जीव र राजुले पुम्से विधातर्पm स्वर्ण पदक दिलाएका हुन् । युके तेक्वान्दो एसोसियनको आयोजनामा भएको च्याम्पियनसिपमा सञ्जीवले पुरुष ४० वर्ष उमेरसमूह मूनिको व्यक्तिगत पुम्सेमा नेपाललाई स्वर्ण पदक दिलाएका थिए ।
सञ्जीवले गत साउनमा थाइल्यान्डमा सम्पन्न सोही उमेरसमूहको व्यक्तिगत पुम्सेमा पनि कांस्य पदक जितेका थिए । यसपटक भने तयारी राम्रो भएकाले स्वर्ण जित्न सफल भएको सञ्जीवले बताए । ‘करिब तीन महिना प्रशिक्षण गरिरहेका थियौं । साथै यसपटक राम्रो तयारी पनि गरेका थियौं,’ सञ्जीवले भने,‘त्यसैले पछिल्ला अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको तुलनामा राम्रो नतिजा प्राप्त भयो ।’
राजुले भने ५० वर्षमाथिको व्यक्तिगत पुम्सेमा स्वर्ण पदक जितेका थिए । उक्त च्याम्पियनसिपमा आयोजक राष्ट्रसहित आयरल्यान्ड, फिनल्यान्ड, ग्रीस, जोर्डन, फिनल्यान्ड, इटाली, स्पेन, भारत र आइल्यान्डका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

Comment