अख्तियारको सचेतनामुलक ¥यालीमा खेलकुद

¥यालीमा  एसियाली च्याम्पियनसीपकी स्वर्ण विजेता तेक्वान्दो स्टार संगीना बैद्य र  अर्का तेक्वान्दो स्टार दिपक बिस्ट
¥यालीमा एसियाली च्याम्पियनसीपकी स्वर्ण विजेता तेक्वान्दो स्टार संगीना बैद्य र अर्का तेक्वान्दो स्टार दिपक बिस्ट

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २४ औं स्थापना दिवसका अवसरमा बुधबार आयोजित सचेतना मुलक ¥यालीमा खेलकुदको पनि सहभागिता रह्यो ।
टंगालस्थित अख्तियारको कार्यालयबाट सुरु भएको ¥यालीमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव युवराज लामा, नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङ, राखेप अन्तर्गत विभिन्न विभाग र शाखाका प्रमुखहरु, संघका पदाधिकारी, खेलाडी, प्रशिक्षक, कर्मचारी लगायत सहभागी थिए । ¥याली विभिन्न भागको परिक्रमा गरी भृकुटिमण्डपस्थित नेपाल प्रहरी क्लबमा पुगेर टुंगिएको थियो ।

Comment