पोखरामा अन्तरविद्यालय युनि हक्की बिग टुर्नामेन्ट सुरु

???????????????????????????????पोखरा
हिमालयन लाइफ नेपालको आयोजनामा मड्डलबारदेखि पोखरामा अन्तरविद्यालय युनि हक्की बिग टुर्नामेन्ट प्रतियोगिता सुरु भएको छ।
हिमालयन लाइफ नेपालको पोखरा–१५ नयाँगाउँस्थित आफ्नै खेलमैदानमा भएको प्रतियोगिताअन्तर्गत मड्डलबार छात्रतर्फ पाँच तथा छात्रातर्फ चार खेल सम्पन्न भएका छन्।जसअनुसार छात्रतर्फ कास्की मोडनाइज एकेडेमी, जनप्रिय उमावि, मेरीगोल्ड बेर्डिङ स्कुल पोखरा युनाइटेड एकेडेमी र थ्रीएञ्जल स्कुल तथा छात्रातर्फ कालिका उमावि, मेरीगोल्ड, मेट्रोपोलिटन एकेडेमी र ज्ञानकुञ्ज उमावि विजयी भएका छन्।बुधबार दुवैतर्फ ११ खेल हुने प्रशिक्षक सुरेश श्रीमलले जानकारी दिए।
यसअघि हक्की व्याटले बल प्रहार गरेर प्रतियोगिताको उद्घाटन गर्दै कास्की जिल्ल खेलकुद विकास समितिका अध्यक्ष सुमन देवकोटाले हक्कीका विभिन्न खेलमध्ये युनि हक्की पनि राष्ट्रको इज्जत राख्ने खेल हुन सक्ने दाबी गरे। उनले यसलाई संस्थागत ढंगले अगाडि बढाउन आग्रह गर्दै त्यसको लागि जिल्ला खेलकुद विकास समितिले सक्दो सहयोग गर्ने विश्वास दिलाए। कार्यक्रममा नेपाल भलिबल सङ्घका केन्द्रीय सदस्य डीबी नेपाली, बालहितकारी परियोजनाका गोविन्द पहारी, टोल विकास संस्था समन्वय समिति वडा नंं १५ का अध्यक्ष प्रकाश पौडेललगायतले मन्तव्य राखेका थिए।
हिमालयन लाइफ नेपालका कोषाध्यक्ष श्रीसन बी उपहारको अध्यक्षतामा भएको कार्यक्रममा निर्देशक चनमन श्रीमले स्वागत मन्तव्य तथा प्रभात प्रतीकले कार्यक्रम सञ्चालन गरेका थिए। सो अवसरमा सडक बालक नौ वर्षीय सुजन परियारले एक पाङ्ग्रे साइकल चलाएर चमत्कार प्रदर्शन गरेका थिए भने प्रशिक्षकहरूबीच शो म्याच पनि आयोजना गरिएको थियो।
माघ २९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा छात्रतर्फ १६ तथा छात्रातर्फ १२ टीमको सहभागिता रहेको छ। पोखराका करिब २० वटा विद्यालयमा सञ्चालन भइरहेको युनि हक्कीको प्रशिक्षकमा छ जना रहेका छन्।

Comment