राम श्रेष्ठ (बोस) अमेरिका र ब्राजिलमा सम्मानित

थ्री स्टार क्लबको कोषाध्यक्ष तथा म्यानेजर, नेपाल भारोत्तोलन सङ्घको उपाध्यक्ष, नेपाल ट्रेडिसनल तेक्वान्दो फेडेरेशनका अध्यक्ष र नेपाल युथ गुप्रको अध्यक्ष राम श्रेष्ठ (.बोस ) अमेरिका र ब्राजिल को छुट्टाछुट्टै कार्यक्रममा सम्मानित भएका छन् ।
बोस अमेरिकामा आयोजना भएको एक कार्यक्रममा लिजेन्ट अफ द मार्सल आर्ट हल अफ फेम अवार्डले सम्मानित भए । ग्लोबल कोरियन मार्सल आर्ट फेडरेशनको आयोजनामा अमेरिकाको न्यु जर्सीमा भएको अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको अवसरमा श्रेष्ठ लिजेन्ट अफ द मार्सल आर्ट हल अफ फेम अवार्ड अन्तर्गतको स्पोर्ट्स पर्सानालीटी विधामा सम्मानित भएका हुन् ।
त्यस्तै, यही अक्टोबर २० मा इन्टरनेसनल कराँते युनियनको आयोजनामा ब्राजिलमा समेत राम श्रेष्ठ (बोस ) सम्मानित भएका छन् । विभिन्न खेलकुद क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै श्रेष्ठ एप्रीसेसन अवार्डद्वारा सम्मानित भएका हुन् ।
नेपालमा लामो समयदेखि खेलकुद क्षेत्रमा क्रियाशील रहँदै आएका बोस विभिन्न सङ्घसंस्थामा आबद्ध भई खेलकुद क्षेत्रको विकासमा लागी रहेका छन् । थ्री स्टार क्लब लगायत हरेक खेल प्रतियोगितामा उपाधि जिताउन समेत श्रेष्ठको महत्त्वपूर्ण योगदान रहँदै आएको छ । साथै नेपालको विभिन्न सङ्घसंस्थादेखि सामाजिक कार्यक्रम समेत उत्तिकै सक्रिय हुनुहुन्छ ।

Comment