भक्तपुर हाप्कीडोको खेलाडी सम्मान कार्यक्रम

भक्तपुर जिल्ला मार्सल आर्ट्स हाप्कीडो सङ्घले शनिवार दीपावली तथा नेपाल सम्बत ११४० को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । सोही अवसरमा यसै महिना रोल्पामा भएको सहिद स्मृति मार्सल आर्ट्स हाप्कीडो राष्ट्रिय च्याम्पियनसिपमा पदक जित्ने भक्तपुरका खेलाडीलाई सम्मान गरेको छ ।
राष्ट्रिय च्याम्पियनसिपमा भक्तपुरका तीन खेलाडीले स्वर्ण,दुई रजत तथा एक कांस्य पदक जितेका थिए । प्रतियोगितामा जयन्ती श्रेष्ठ,कान्ति लामा र सन्तोष काली राजले स्वर्ण जितेका थिए । अञ्जना ढुङ्गेल र सुशान्त लामिछानेले रजत पदक जितेका थिए । यसै गरी, करुणा चक्रधरले कांस्य पदक जितेकी थिइन् । कार्यक्रममा नेपाल मार्सल आर्ट्स हाप्कीडो सङ्घका अध्यक्ष काली बहादुर घर्ती मगर, नेपाल उसु महासङ्घका उपाध्यक्ष राजीव महर्जन, आयोजक संस्थाका प्रमुख पद्मा खयरगोली, राष्ट्रिय खेलकुद परिषद्का सदस्य इन्दिरा निरौला, भक्तपुर नगर खेलकुद विकास समितिका पूर्व अध्यक्ष रविन्द्र खर्बुजा, शिक्षाविद् एवं भाषा विद् नरेन्द्र भक्त हाडा र भक्तपुर जिल्ला भलिबल सङ्घका अध्यक्ष विनोद चरण राय लगायतको उपस्थिति थियो ।

Comment