आठ वर्षकी नेपालीलाई बेलारुषमा स्वर्ण पदक

बेलारुषको गोमेलमा भएको कराँते प्रतियोगितामा नेपाली कराँते खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन् । नेपालकी ग्याल्मो सोमिका लामाले २५ किलो तौल समूहमा स्वर्ण तथा एकल कातामा रजत पदक जितिन् । यसै गरी, पासाङ तामाङले ७५ किलोमा,विशाल केसीले ५२ किलोमा,सञ्जीव तामाङले ४५ किलोमा,६७ किलोमा विश्वास हायुले ५० किलोमा सजना माझीले तथा ४० किलोमा रोशन खातीले कांस्य पदक जिते । सजनाले कातामा पनि कांस्य पदक जितिन् ।
छोनाम लामाको नेतृत्वमा त्यस तर्फ गएको नेपाली तोलीमा शुक्र माझी ,हिरा देवी राई र प्रदीप नारायण प्रधान अफीसीयलको रूपमा रहेका थिए । भोगीन्द्र बहादुर कार्की अफिसियलको रूपमा रहेका थिए । स्वर्ण विजेता ग्याल्मो ८ वर्षकी हुन् ।

Comment