“मार्सल आर्ट नेपालको प्रतिष्ठा भन्नेमा ध्यान दिइएन,” ब्रान्चचिफ वाइवा

नेपाल क्योकुसिन रियो एलाइन्सका ब्रान्चचिफ कान्छालाल वाइवा विगत २२ वर्ष देखि मार्सल आर्टमा सक्रिय छन् । उनी ब्रान्चचिफ भएको संघमा १९ डोजो रहेका छन् । मकवानपुर बाग्मती नगरपालिका १ भैसेका स्थासी बासिन्दा तीनै वाइवासंग गरिएको कुराकानीको सार संक्षेप
मार्सल आर्टका अन्य विधा छाडेर फूल कन्ट्याक्ट नै रोज्नु भयो नी कारण के होला ?

करातेको अर्थ हो, खाली हातले आत्मरक्षा गर्ने । सेमिकन्ट्याक्टमा सेफ्टी प्वाइन्ट प्रयोग हुन्छ , प्वाइन्टका लागि खेलिन्छ । फुल कन्ट्याक्टमा हातले नै सुरक्षा गर्नु पर्ने हुन्छ । फेरी हामी नियमित प्रशिक्षण गर्छौ । यसकारण बलियो पनि हुन्छौ । प्रशिक्षण अनुसारको भिडन्त गर्न पनि फुल कन्ट्याक्ट सही हो भन्ने लागेर म यसमा लागेको हुँ ।
नेपालमा फूल कन्ट्याक्ट यसरी विभाजीत हुनुको कारण के हो ?
बि.स २०३९ मा नेपालमा सिहान जगत गौचन मार्फत फूल कन्ट्याक्ट कराते भित्रिएको हो । मासुतासु ओयामाको शिष्यको रुपमा उहाँ रहनु भएको थियो । संसारमा नै उहाँले फूल कन्ट्याक्टलाई अगाडी बढाउनु भयो । पछि संसार भर भिन्न ग्रान्डमास्टरले नयाँ ब्रान्च ताथ आफ्नै नाममा पूल कन्ट्याक्ट अगाडी बढाउदै लैजानुु भयो । त्यसरी अन्तराष्ट्रिय रुपमा मार्सल आर्ट विभाजीत भए पछि यसको असर नेपालमा पनि परेको हो ।

राज्यले मार्सल आर्टलाई त्यत्ति धेरै प्राथमिकता दिएको देखिदैन नी किन होला ?
यसमा अति हाम्रा कमजोरी पनि हुन सक्छन् । मार्सल आर्ट संघले सबैलाई यसको बारे राम्रोसंग बुझाउन पनि सकेनौ । तर, सरकारको धारणा केरहयो भने एकल खेल भन्दा टिम खेललाई प्राथमिकता दिने निती रह््यो । मास खेललाई खुसी तुल्याउदा राजनितीक रुपमा फाइदा हुने देखियो । अझै पनि मार्सल आर्टको महत्व नबुझी यसलाई सकरात्मक दृष्टिले हेर्न नचाहनेको संख्या त छदैछ । मार्सल आर्ट नेपालको प्रतिष्ठा हो भन्ने ध्यान दिइएन ।

सरकारलाई थप केही भन्न चाहनु हुन्छ ?
नेपालमा दक्षिण एसियाली खेलकुदको आयोजना हुदैछ । यदी यसमा फुल कन्ट्याक्ट समाबेश गरिएको भए सवैभन्दा धेरै पदक नेपालले जित्ने निश्चित थियो । फुल कन्ट्याक्टलाई बृहद अन्तराष्ट्रिय प्रतियोगिता देखि राष्ट्रपती रनिङ शिल्डसम्म राखिनु पर्ने हो । त्यसो भएन । नेपालको सबैभन्दा पुरानो मार्सल आर्टलाई महत्व कम दिइएको छ । यसलाई अली बढी महत्व दिने पर्छ भन्ने लाग्छ ।

Comment