ललितपुर कोरियन मार्सल आर्ट पुम्से च्याम्पियनसिप स्टार पहिलो


स्टार तेक्वान्दो डोजाङले प्रथम कोरियन मार्सल आर्ट एकेडेमी ललितपुर जिल्ला व्यापी तेक्वान्दो तेक्वान्दो पुम्से च्याम्पियनसिपको उपाधि जितेको छ । उपाधि हात पार्ने क्रममा स्टारले चार स्वर्ण,एक रजत र पाँच कांस्य जितेको हो । परिचित प्रशिक्षक राजेश लामाको प्रशिक्षणमा रहेको स्टारलाई पछ्याउँदै नव बिहानी तेक्वान्दो डोजाङ दोस्रो भयो । नव बिहानीले दुई स्वर्ण, एक रजत र पाँच कांस्य जितेको हो । इमान तेक्वान्दो डोजाङ दुई स्वर्ण र एक कांस्य पदक सहित तेस्रो भयो ।
प्रतियोगितामा महिला तर्फ आयोजक टोलीका इसा प्रजापति तथा पुरुष तर्फ नव बिहानीका अशोक तामाङ उत्कृष्ट खेलाडी घोषित भए । विजेता टोली तथा खेलाडीलाई प्रदेश सभा सांसद मैना अछामी, आयोजक डोजाङका प्रमुख राजु श्रेष्ठ र ललितपुर जिल्ला खेलकुद विकास समितिमा पूर्व अध्यक्ष राजेश लामा लगायतले पुरस्कार प्रदान गरे ।
आयोजक कोरियन मार्सल आर्ट एकेडेमी पछिल्लो समय ललितपुरमा व्यवस्थित एकेडेमीको रूपमा रहेको छ । राष्ट्रिय तेक्वान्दो सङ्घ तीन नं प्रदेशका सचिव राजु श्रेष्ठको प्रशिक्षणमा रहेको यो एकेडेमी सातदोबाटो नखीपोटमा रहेको छ ।

Comment