काजल साग टोलीमा, वीर, सक्षम र निमाको निरन्तरता

नेपाल आर्मी क्लबको प्रतिनिधित्व गर्ने काटेश्वर तेक्वान्दो डोजांगकी उत्पादन काजल श्रेष्ठले महत्त्वपूर्ण फड्को मारेकी छिन् । जुनियर तहमा थुप्रै सफलता पाएकी काजल सिनियर तहमा प्रवेश गरे पछि खासै सफलता पाउन सकेकी थिइनन् । सुरुमा ४६ किलो तौल समूहमा पुलिसकी रेजिना कार्कीको छायामा रहेकी उनी ४९ किलो समूहमा अस्मिता खड्कासँग पराजित हुने गरेकी थिइन् ।

आसन्न १३ औ दक्षिण एसियाली खेलकुदको छनोट चरणमा उनले ४६ किलो तौल समूहमा सफलता पाएकी छिन् । यसै गरी, एपीएफकी अस्मिता खड्का ५३ किलोमा छनोट भइन् । यस अघि सो समूहमा नेपालको प्रतिनिधित्व गर्दै आएकी पुलिसकी निमा गुरुङले ५७ किलोमा सहभागिता जनाउने भएकी छिन् । ४९ किलोमा आर्मीकी युनिसा राई छनोट भइन् ।
६२ किलो समूहमा प्रदेश एककी इन्दिरा बस्नेत,६७ मा एपीएफकी सङ्गीता बस्याल,७३ मा एपीएफकै अप्सरा कार्की र ७३ भन्दा माथिको तौल समूहमा सुदूर पीश्चमकी निशा रावल छनोट भए ।
यसै गरी, पुम्सेमा २४ देखि २९ उमेर समूहमा आर्मीका प्रशंसा क्षेत्री र निरा गुरुङको साथमा एक नं प्रदेशकी सुशीला राई र पुलिसकी पार्वती गुरुङ छनोट भए । १८ देखि २३ उमेर समूहमा एक नं प्रदेशका सिना मादेन र स्वस्तिका तामाङ तथा तीन नं प्रदेशका निशा दर्नाल र सुजिता तिमल्सीना छनोट भए । ३० वर्ष माथिको समूहमा आर्मीकी आयशा शाक्य छनोट भइन् ।


पुरुष तर्फ ५४ मिलोमा पुलिसका मनोज मल्ल,५८ किलोमा प्रदेश ५ का गोविन्द आले मगर,६३ मा पुलिसका वीर बहादुर महरा,७४ मा पुलिसकै निश्चल मान श्रेष्ठ,८० मा प्रदेश ५ का किरण आले मगर,८० मा आर्मीका भुपेन श्रेष्ठ तथा ८७ मा आर्मीकै सक्षम कार्की छनोट भए । भिन्न भिन्नै समूहमा सफलता पाउँदै आएका सक्षम पनि लामो समय देखि राष्ट्रिय टोलीमा रहँदै आएका खेलाडी हुन् ।
पुम्सेका १८ देखि २४ वर्षसम्म प्रदेश ३का कृष्ण तामाङ र अस्मिन राउत तथा आर्मीका शिशिर श्रेष्ठ दीपेन्द्र गुरुङ छनोट भए । २४ देखि २९ वर्ष समूहमा पुलिसका कमल श्रेष्ठ,जित बहादुर बोट र प्रेम बहादुर लिम्बु छनोट भए । ३० वर्ष भन्दा माथिको समूहमा आर्मीका रेजिन रिमाल र सञ्जीव ओझा छनोट भए ।

Comment