पेन्टाथलन टोली हंगेरी जाँदै

युआईपीएम लेजर रन विश्व च्याम्पियनसिपमा सहभागी हुन ८ खेलाडीसहित ११ सदस्यीय नेपाली पेन्टाथलन टोली मङ्गलवार हंगेरीको बुढापेस्ट जाने भएको छ ।
सेप्टेम्बर ६ देखि ८ तारिखसम्म हुने प्रतियोगितामा राहुल दर्शन, शुलभ सुनुवार, धिरज श्रेष्ठ, सोयबमान श्रेष्ठ, तियेन शेर्पा लिम्बू, पेमा याङजोम घले, रोयल प्रजापति र ताजन्ना श्रेष्ठ रहेका छन् ।
टिम व्यवस्थापकमा पेन्टाथलन सङ्घका महासचिव यादवबहादुर बस्नेत तथा प्रशिक्षकमा राजु दर्शन र नारायण ओझा रहेका छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले सोमबार एक कार्यक्रमबिच बिदाइ गरे ।

Comment