बुद्धिचाल टोली भारत जाने

वेस्टर्न एसियन युथ एन्ड जुनियर चेस च्याम्पियनसिपमा भाग लिन नेपाली टोली मङ्गलवार भारतको नयाँ दिल्ली जाँदैछ । सेप्टेम्बर ४ देखि ११ तारिखसम्म चल्ने प्रतियोगितामा सहभागी हुने १२ खेलाडीसहित १३ सदस्यीय टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले सोमबार एक कार्यक्रमबिच बिदाइ गरे ।
खेलाडीमा अविन पाण्डे, कनिष्क न्यौपाने, अनुपजंग शाह, पूर्णिमा गुरुङ, सिन्चन बस्नेत, सन्तोषी विक, कपिल घिमिरे, मार्सल तामाङ, कुशल बेलवासे, खुश्बु थापा, कृतिसरा अधिकारी र महेश खड्का रहेका छन् । प्रशिक्षकमा भूपेन्द्र निरौला छन् ।

Comment