बहिरा जुडो तालिम केन्द्रको उद्घाटन

बहिरा जुडो तालिम केन्द्रको शनिवार एक कार्यक्रमबिच उद्घाटन गरिएको छ । जापानी दाइकी सोजी र लायन्स क्लब अफ काठमाडौँ, सानी गको करिब १५ लाख आर्थिक सहयोगमा केन्द्रको हल निर्माण गरिएको नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो सङ्घका वरिष्ठ उपाध्यक्ष धर्मकुमार श्रेष्ठले जानकारी गराए । हल निर्माणका लागि वरिष्ठ उपाध्यक्ष श्रेष्ठले नै पहल गरेका थिए ।
हाल ४२ बहिरा जुडो खेलाडीले प्रशिक्षण गरिरहेका छन् । बहिराको जुडो तालिम केन्द्र नेपालमै पहिलो पटक सञ्चालनमा ल्याइएको वरिष्ठ उपाध्यक्ष श्रेष्ठले बताए । हल भीमसेनगोलामा रहेको छ ।

Comment