कीर्तिपुर मेयरकप चेसमा पुष्पसदन र लोक आदर्शको प्रभाव


लोक आदर्श एकेडेमीका सुहन प्रधानले कीर्तिपुर मेयर कप स्पोर्ट्स मिट अन्तरत चेस प्रतियोगिताको उपाधि जितेका छन् । क्रिएटिभ एकेडेमीका हिक्मत बोहरा दोस्रो र लोक आदर्श एकेडेमीका बुद्ध करण पण्डित तेस्रो भए । सोही विद्यालयका विवेक विके र बिराज श्रेष्ठ चौथो र पाँचौँ भए ।
छात्र ८ देखि १० कक्षाको विधा तर्फ पुष्पसदनका सरोज कुँवर पहिलो,निसान्त काफ्ले दोस्रो र एपीएफका बिराज लामा तेस्रो भए । यसै गरी छात्रा तर्फ पुष्पसदनकी सुभना मर्हजन पहिलो र अञ्जना बास्कोटा दोस्रो भए । लोक आदर्शकी स्वस्तिका मोक्तान तेस्रो भइन् । ५ देखि सात कक्षाको विधा तर्फ क्रिएटिभ एकेडेमीका सयन मर्हजन पहिलो,पुष्पसदनका सुप्रभ सागर श्रेष्ठ दोस्रो तथा निसान श्रेष्ठ तेस्रो भए । छात्रा तर्फ सोही विद्यालयका स्मारिका चौलागाइ पहिलो, अनिसा सुबेदी दोस्रो र सिवानी रिजाल तेस्रो भए । १ देखि ४ कक्षा समूहको छात्र तर्फ पुष्पसदनका विशाल कुँवर पहिलो, दृश्य लम्साल दोस्रो तथा अपिल मर्हजन तेस्रो भए । विजयी टोली तथा खेलाडीलाई कीर्तिपुर नगरपालिकाका मेयर रमेश मर्हजनले पुरस्कार प्रदान गरे ।

Comment