आईटिएफ टोली बुल्गेरिया प्रस्थान

एकासौं विश्व आईटिएफ तेक्वान्दो प्रतियोगितामा सहभागिता जनाउन २३ सदस्यीय नेपाली टोली बुल्गेरिया प्रस्थान गरेको छ । राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पीताम्बर तिम्सिनाले बिदाइ गरेको टोलीको नेतृत्व नेपाल आईटिएफका अध्यक्ष अञ्जन धमलाले गरेका छन् ।
अगस्ट २४ देखि ३१ तारिखसम्म हुने प्रतियोगिताको पुरुषमा गोविन्द खत्री, जमालुद्दिन शेख, ईश्वर थापा, मोहन गाहा, आशिष थापा, नवराज खरेल, राजन रसाइली, दीपक बोहरा, आकाश चन्द घर्ती मगर र दिनेश बुढा मगर रहेका छन् । महिलामा तुलसा राजथला, रिना धिमाल, बसन्ती बुढा मगर र सुनिता भण्डारी छन् ।
प्रशिक्षकमा आशिष कार्की र अङ्कबहादुर घर्ती मगर, अफिसियलमा हरिकृष्ण श्रेष्ठ, दीपेन्द्र श्रेष्ठ, जोगलाल बुढा, पत्रकारमा दीपक न्यौपाने तथा निर्णायकमा अन्जुनाथ श्रेष्ठ र घमबहादुर थापा रहेका छन् । सो अवसरमा आईटीएफका संस्थापक लीलबहादुर थापा, १३ औँ दक्षिण एसियाली खेलकुद सचिवालय प्रमुख कमल खनाललगायतको उपस्थिति रहेको थियो ।

Comment