भक्तपुरमा हाप्किडो सम्बन्धी अभिमुखीकरण तथा कदरपत्र वितरण कार्यक्रम सम्पन्न


भक्तपुर । श्रावण ३२ । भक्तपुर मार्सल आर्टस हाप्किडो सङ्घको आयोजनामा सिद्धि स्मृति प्रतिष्ठानमा नेपाल ओलम्पिक कमितिका उपाध्यक्ष पुरेन्द्र विक्रम लाखेको प्रमुख आतिथ्यमा मार्सल आर्टस हाप्किडो सम्बन्धी अभिमुखीकरण, पदस्थापन तथा कदरपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरू उत्पादन गर्न, मुलुकमा बढ्दै गइरहेको लैङ्गिक हिंसा, दुस्मनबाट स्वयम्को आत्मरक्षा गर्ने कलालाई प्रस्फुटन गराउन स्थापित भक्तपुर जिल्ला हाप्किडो सङ्घको आयोजनामा सङ्घको सदस्यहरूको पदस्थापन, अभिमुखीकरण तथा कदरपत्र वितरण कार्यक्रममा प्रमुख अतिथिको आसनबाट नेपाल ओलम्पिक कमितिका उपाध्यक्ष पुरेन्द्र विक्रम लाखेले मार्सल आर्टस खेल बुद्धको अनुयायीले आफ्नो बचाउको लागि आत्मरक्षा कला प्रयोगमा ल्याएको बताए । उनले मार्सल आर्टसको जन्मस्थल नेपाल नै हो, बुद्धको शान्ति भूमि नेपालमा बढ्दै गएको लैङ्गिक हिंसा, अपराधबाट छुटकारा पाउन मार्सल आर्टस खेल, खेलकुद जगतमा अब्बल भइरहेकोले अबका दिनमा भक्तपुर मार्सल आर्टस हाप्किडो सङ्घले भक्तपुरमा मात्रै होइन ७७ जिल्लामै अझ नतिजा उन्मुख कार्य गरी समाजका विकृति र विसङ्गतिलाई हटाउन पहल गर्नु पर्ने बताए ।


भक्तपुर जिल्ला भलिबल सङ्घको अध्यक्ष विनोद चरण रायले मार्सल आर्टस हाप्किडोले आत्मरक्षा कला अझ प्रस्फुटन हुने कुरामा विश्वस्त भएको बताए ।
नेपाल मार्सल आर्टस हाप्किडो सङ्घका प्रमुख प्रशिक्षक लानम लामाले मार्सल आर्टस हाप्किडो सम्बन्धी प्रशिक्षण दिएको सो कार्यक्रममा नेवा मिसा पुच न्हपांगु पःलाका संस्थापक शिला साय्मी, सिद्धि स्मृति प्रतिष्ठानका संस्थापक श्याम सुन्दर धौभडेल, नेपाल उसु सङ्घका उपाध्यक्ष राजीव महर्जनले पनि आफ्ना विचार राखेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि पुरेन्द्र विक्रम लाखेबाट नवगठित सङ्घका अध्यक्ष एवं नेपाल मार्सल आटर््स हाप्किडो सङ्घका प्रशिक्षक पद्मा खयरगोलीलाई हाप्किडो सङ्घको प्रमाणपत्र एवं लाइसेन्स दोस्रो डन तथा सङ्घका सबै सदस्यहरू लगायत सल्लाहकारहरूलाई प्रमाणपत्र प्रदान गरे ।

Comment